कात्तिक २८, २०७९ सोमबार

चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा सामान्य घटेको छ ।

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले २० करोड ५८ लाख १ हजार रुपैयाँ आम्दानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा २.१३ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी २० करोड १४ लाख ९६ हजार रुपैयाँ नाफामा थियो ।

समिक्षा अवधिमा कम्पनीले ३५ करोड ५८ लाख ३८ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ जुन गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा १.१८ प्रतिशतले बढि हो । गत बर्षको सोहि अवधिमा कम्पनीले ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

 यस्तै, कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ३ अर्ब ३८ करोड २६ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको बार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ १९ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७७ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

6371c9e75dfcb.jpeg