युनिलिभर नेपाल लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ ।
बैंकको संचालक समितिको बैठकले कम्पनीको २९ औँ वार्षिक साधारणसभा मंसिर २० गते मंगलबार होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजेदेखि संचालन गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२१५ प्रतिशत नगद लाभांश ९कर समेत० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । साथै सभाले नयाँ सञ्चालकहरुको समेत चयन गर्नेछ ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनी मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले मंशिर ४ गतेभन्दा अगाडी सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।