नागरिक लगानी कोषले १४ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले १४ अर्ब ६८ करोड ११ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नका लागि बैंकहरुसंग प्रस्ताव माग गरेको हो ।
कोषले सोमबार क वर्गका बैंकहरुसंग प्रस्ताव आह्वान गरेको छ । कोषले उक्त रकम १ बर्षे मुद्दती निक्षेपमा राख्ने समेत जनाएको छ ।
निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी मिति भोली मंशिर ३० गते दिउसो २ बजेभित्र लाहाछाप सहितको सिलबन्दी प्रस्ताब बुझाउन आग्रह गरेको छ ।