काठमाडौँ । बैंकको ब्याजदर मंसिरमा पनि नघट्ने भएको छ । बैंकहरूले मंसिर महिनाका लागि पुरानै ब्याजदर कायम राख्ने भएका छन् । बैंकहरूले निक्षेपको मुद्दती १२.३३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । यही ब्याजदर मंसिर महिनाका लागि पनि लागू हुनेछ ।
यस्तै संस्थागत निक्षेपकर्ताका लागि १०.३३ प्रतिशत कायम छ । नेपाल बैकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले अहिले ब्याजदर बढाउनेभन्दा पनि मेन्टेन गर्ने सहमति बैंकरहरूबीच भएको बताए ।