कात्तिक ३०, २०७९ बुधबार

काठमाडौँ । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल १-० गोल अन्तरले विजयी भएको छ ।

पहिलो हाफ बराबरी खेलेका दुबै टोली मध्ये घरेलु मैदानको लाभ उठाउँदै नेपालले पाकिस्तानविरुद्ध १ गोल बनाएको हो । नेपालका लागि अञ्जन विष्टले खेलको ८३ औँ मिनेटमा १ गोल निकालेका थिए ।

पाकिस्तानले भने कुनै गोल गर्न सकेन ।