मंसिर १, २०७९ बिहिबार

 जर्मनीले विश्वकपअघि भएको मैत्रीपूर्ण फुटबल खेलमा घरेलु टिम ओमानलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा जर्मनीले ओमानलाई १–० गोलले पराजित गरेको हो ।

जर्मनीको जितमा निकलस फुलक्रगले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको जर्मनीले दोस्रो हाफमा गोल गर्दै जित निकालेका हो । फुलक्रगले खेलको ८०औँ मिनेटमा गोल गर्दै जर्मनीलाई जित दिलाए ।

१७ वर्ष ३६१ दिन पुगेका युसुफा मौकोकोले जर्मनीको राष्ट्रिय सिनियर टिममा डेब्यु गरे । उनी १९५४ पछि राष्ट्रिय टिममा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बने ।

बुधबार राति नै भएको अर्को खेलमा क्रोएसियाले साउदी अरबलाई १–० ले नै पराजित गरेको छ । टर्कीले स्कटल्यान्डलाई २–१, चिलीलाई पोल्यान्डले १–० ले पराजित गर्दा म्याक्सिकोविरुद्ध स्वीडेनले २–१ गोलको जित निकाल्यो ।

यता, इटालीले भने अल्बानियालाई ३–१ ले हराएको छ ।