बैशाख ८, २०७८ बुधबार

अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६र०७७ मा चार करोड ५६ लाख भन्दा धेरै खुद नाफा आर्जन गरेको छ।

कम्पनीको तेस्रो साधारण सभामार्फत चार करोड ५६ लाख ३४ हजार ६ सय ७१ रुपैयाँ खुद नाफा आर्जन भएकोबारे जानकारी दिइएको हो।

बीमा कोषमा रु। ६ करोड २३ लाख ७२ हजार ६ सय ५२रुपैयाँ संचित रहेको कम्पनीले जनाएको छ।

यस्तै कम्पनीले अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३।१३५, खुद नाफामा २४७।३९५, एवं बीमाकोषमा १०४।०८५ ले वृद्धि हासिल गर्न सफल भएको जनाएको छ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका बावजुद कम्पनीले आ।व। २०७६र०७७ मा कुल बीमा शुल्क ८८ करोड ४३ लाख १७ हजार २ सय १८ रुपैयाँ संकलन गरेको छ।

कम्पनीले २०७७ फागुन मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ।