मंसिर २, २०७९ शुक्रबार

काठमाडौँ – कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३(१ ले पराजित गरेको छ। बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जित निकालेको छ।

स्पेनको जितमा अन्सु फाती, गावी र निको विलिअम्सले एक एक गोल गरेका थिए। जोर्डनका लागि इन्जुरी समयमा हाम्जा अल डाराडौरले एक गोल फर्काएका थिए।

खेलको १३औं मिनेटमा फातीले अग्रता दिलाए। ५६औं मिनेटमा गावीले दोस्रो गोल गरेका थिए। निकोले खेलको ८४औं मिनेटमा गोल गर्दा स्पेन सहज जित निकाल्न सफल भयो।

समूह इ मा स्पेनसहित कोस्टारिका, जर्मनी र जापान रहेका छन्। स्पेनले २२ नोभेम्बरमा कोस्टारिकासँग खेल्दै विश्वकप सुरु गर्नेछ।