न्युजिल्यान्डको माउन्ट माउनगनुइमा जारी तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा भारतले घरेलु टोलीमाथि १ सय ९२ रनको उच्च स्कोर दिएको छ।
भारतको उच्च स्कोरमा सूर्यकुमार यादवले १ सय ११ रनको सानदार शतकीय इनिङ खेले। उनले ५१ बलमा ११ चौका र ७ छक्का प्रहार गरेका थिए।
त्यसो त टिम साउदीले २०औँ ओभरमा ह्याट्रिक लिए पनि फराकिलो स्कोर रोक्न सकेनन्।
भारतका लागि थप दोहोरो स्कोरका रुपमा इशान किसनले ३६ रन बनाउँदा श्रेयस अय्यर र हार्दीक पाण्ड्याले समान १३-१३ रन बनाएका थिए।
टीम साउदीले ३ विकेट लिँदा लक्की फर्गुसनले २ विकेट लिँदा इश सोधीले १ विकेट लिए।