कतारले आफ्नै फ्यानहरूले घेरिएको घरेलु भूमिमा फिफा विश्वकपमा आफ्नो पहिलो खेल खेल्दै छ। जित निकाले कतारले विश्वकपमा पहिलो जित हात पार्दै इतिहास रच्नेछ।
कतार एएफसी एसियन कप २०१९ च्याम्पियन पनि हो। वर्षौंको तयारीका बावजुद इक्वेडरविरुद्ध खेल्नु उनीहरुका लागि नयाँ चुनौती हुनेछ।
इक्वेडरले अघिल्लो तीन संस्करणहरूमा भाग लिएको थियो। २००६ मा समूह चरण पार गरेको इक्वेइडर यस पटक अझ राम्रो प्रदर्शनको आसामा छ।