विशाल बजारको झन्डै तीन महिनासम्म रोकिएको सेयर कारोबार खुलेको छ ।
पाँच आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण नबुझाएको भन्दै नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले विशालबजारमा कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । गत माघ १२ मा नेप्सेले तीन दिनभित्र सम्पूर्ण वित्तीय विवरण पेस गर्न निर्देशन दिएको थियो ।
तर कम्पनीले निर्धारित समयमा विवरण नबुझाएकाले नेप्सेले माघ १९ मा सेयर कारोबार नै रोक्का राख्यो ।
नेप्सेले आर्थिक वर्ष २०७३र७४ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण मागेको थियो । विशाल बजारले सबै वर्षको वित्तीय विवरण र आर्थिक वर्ष २०७७र७८ को पुस मसान्तसम्मको वित्तीय विवरण बुझाएपछि कारोबार फुकुवा गरेको नेप्सेले जानकारी दिएको छ ।
विशालबजार कम्पनीले साधारणसभा बैठक डाक्ने प्रतिबद्धता जनाएको नेप्सेले जानकारी दिएको छ ।