मंसिर १०, २०७९ शनिबार

काठमाडौँ । कतार विश्वकप फुटबलको समूह चरणबाट नै बाहिरिएको छ । समूह चरणमा आफ्ना लगातार दुई खेल हारेको कतार अब अन्तिम खेल खेल्न बाँकी हुदै समूह चरणबाट नै बाहिरिएको हो ।

यस समुहमा रहेका नेदरल्याण्डस र इक्वेडरले शुक्रबार रातिको खेल १-१ गोलको बराबरी खेलेसँगै आयोजक कतारको बहिर्गमन निश्चित बनेको हो । कतारले समुह चरणको अन्तिम खेल नेदरल्याण्डससँग खेल्न बाँकी रहेको छ । सो खेल नोभेम्बर २९ मा हुने छ ।

कतारले पहिलो खेल इक्वेडरसँग २-० गोल अन्तरले हारेको थियो भने दोस्रो खेलमा सेनेगलसँग ३-१ को हार बेहोरेको थियो ।

समुह ए मा नेदरल्याण्डस र इक्वेडरको बराबर ४-४ अंक भएकाले अब कतारले आफ्नो अन्तिम खेल जितेपनि नकआउटमा स्थान बनाउने सम्भावना सकिएको हो । साथै आयोजक कतार यस विश्वकपको समुह चरणबाट बाहिरिने पहिलो देश समेत बनेको छ ।