मंसिर १०, २०७९ शनिबार

समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलिया ट्युनिसियाविरुद्धको खेलमा विजयी बनेको छ । उनले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए ।

योसँगै विश्वकपमा हेडरमार्फत गोल गर्ने ड्युक दोस्रो खेलाडी  बनेका छन् । यसअघि टिम केहिलले सन् २०१० र २०१४ मा हेडरमार्फत गोल गरेका थिए । 

विश्वकपमा सन् २०१० पछि अस्ट्रेलियाको यो पहिलो जीत पनि हो । समूह डी मा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । ट्युनिसियाले भने डेनमार्कसँग बराबरी खेलेको थियो । अस्ट्रेलियाले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित राखेको छ ।