काठमाडाैँ । फ्रान्स डेनमार्कलाई पराजित गर्दै एक खेल अघि नै नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार राति डेनमार्कलाई २–१ ले पराजित गर्दै फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको हो ।
फ्रान्सको जितमा दुवै गोल केलियन एमबाप्पेले गरे । ६१ औं मिनेटमा पहिलो गोल गरेका उनले ८६ औं मिनेटमा दोस्रो गोल गर्दै महत्वपुर्ण जित दिलाए ।
त्यसअघि ६८ औं मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टिनसनले गोल गर्दै बराबरी गरेका थिए । तर एमबाप्पेले पुनः गोल थपेपछि डेनमार्क निराश बनेको हो । समूह डी मा रहेको फ्रान्स लगातार दोस्रो जित निकाल्दै नकआउटमा प्रवेश गरेको हो । यसअघि पहिलो खेलमा अष्ट्रेलियालाई ४–१ ले पराजित गरेको थियो ।