बैशाख १२, २०७८ आइतबार

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक तर्फको ४ लाख ५८ हजार ३५५ कित्ता शेयर बिक्री खुला गरेको छ । एन आई एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर कम्पनीले आज बाट बिक्रीमा राखेको छ ।

आरएमडीसी  वित्तले प्रति कित्ता रु.४३७ मूल्य तोकी शेयर बिक्री गर्न लागेको हो । शेयर आवेदन आगामी बैशाख २० गते पेश गर्न कम्पनीले भनेको छ ।

शेयर विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, संस्था तथा कम्पनीले खरिद गर्न सक्ने छन् । बोलपत्र आवेदन एन आई सी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल काठमाडौंमा बुझाउन सकिने कम्पनीले जनाएको छ ।