मंसिर १५, २०७९ बिहिबार

आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाइ ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण नियाल्दा सूचिकृत फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको थियो ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई अधिकतम १०.५ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता थियो । गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ८४ लाख ८४ हजार रुपैयाँ रहेको छ । 

 सबैभन्दा बढी लाभांश क्षमता भएको आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड​को लाभांश इतिहास यस प्रकारको छ:
१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस र ७ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो वर्ष कम्पनीले बोनस दिएको थिएन । 

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बोनस र ०.७४ प्रतिशत नगद गरि कूल १४.७४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १०.५ प्रतिशत बोनस र ०.५५ प्रतिशत नगद गरि कूल ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

८. आर्थिक वर्ष २०७४र७५ : आर्थिक वर्ष २०७४र७५ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो वर्ष कम्पनीले बोनस दिएको थिएन । 

९. आर्थिक वर्ष २०७५र७६ : आर्थिक वर्ष २०७५र७६ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद गरि कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

१०. आर्थिक वर्ष २०७६र७७ : आर्थिक वर्ष २०७६र७७ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १०।५ प्रतिशत बोनस र ४।५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

११. आर्थिक वर्ष २०७७र७८ : आर्थिक वर्ष २०७७र७८ मा फाइनान्सले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।