मंसिर १५, २०७९ बिहिबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ ।

चालु आर्थिकका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार,प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको छ ।आर्थिक वर्षको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोडरुपैयाँ (करअघि) नाफा कमाएको हो ।
आर्थिक बर्ष खुद नाफा(रुपैयाँ) घाटा(रुपैयाँ)
२०७२/७३ ८ अर्ब ८९ करोड
२०७३/७४ १ अर्ब ५० करोड
२०७४/७५ ३ अर्ब ४४ करोड
२०७५/७६ ९ अर्ब ८१ करोड
२०७६/७७ ११ अर्ब ७५ करोड
२०७७/७८ ६ अर्ब ९करोड
२०७८/७९ १६ अर्ब १६ करोड
२०७९/८० (तीन महिनासम्म) ८ अर्ब ५० करोड
स्रोत : नेपाल विद्युत प्राधिकरण ।