नयाँदिल्ली, ३१वैशाख : भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तिव्र हावा सहित असिना पानी पर्दा ८० जना भन्दा बढी मानिसहरुकोे मृत्यु भएको र एक सय जना भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।
यसै गरी उत्तर प्रदेशका विभिन्न ठाउँहरू बाट मौसमी प्रकोपका कारण पशुधन ,आवासिय घर र अन्य सम्पत्तिमा क्षति भएको रिपोर्ट गरिएको छ । तिव्र हावाले हजारौँ रुखहरू ढलेको र पर्खाल भत्केको घटनाहरू रिपोर्ट गरिएका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सबै जिल्लाका राहत अधिकारीहरुलाई सबै पीडितलाई यथा सम्भव राहत र सहायता उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।
सबै भन्दा बढी प्रभावित प्रयागराज जिल्लामा मात्र लग–भग २० जनाको मृत्यु भएको जनाइएको छ ।