मंसिर १५, २०७९ बिहिबार

काठमाडौँ । बिहीबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१.०६ बिन्दुमा पुगेको छ । यस दिन १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँमा कुल ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता सेयर कारोबार भयो ।

यस दिन १०७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, ८४ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन सबैभन्दा बढी कमाउनेमा धौलागिरि लघुवित्तका सेयरधनी छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै श्वेतगंगा जलविद्युतको ९.२१ प्रतिशतले, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५.०८ प्रतिशत, स्वाभिमान लघुवित्तको ४.९५ र मनकामना लद्दुवित्तको सेयर मूल्य ४.३९ प्रतिशतले बढेको छ ।