मंसिर १६, २०७९ शुक्रबार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेनेस्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले रूस र युक्रेनबीच भएको युद्धका क्रममा अहिलेसम्म १३ हजार युक्रेनी सैनिकको मृत्यु भएको छ ।

युद्धको ९ महिनामा रूसको आक्रमणबाट १० देखि १३ हजार युक्रेनी सैनिकको मृत्यु भएको उनले दावी गरेका हुन् । राष्ट्रपति जेलेनेस्कीका सल्लाहकार पोडोल्याकले मृत्यु भएका लडाकुहरूको संख्या यकिन नभए पनि अधिकमत १३ हजारसम्मको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

युद्धमा अंगभंग भएका र घाइते भएका सैनिकहरुको संख्या समेत जोड्दा १ लाख पुग्ने उनको भनाइ छ । गत जुन महिनामा दैनिक २ सयदेखि ३ सय युक्रेनी सैनिक मृत्यु भएको उनको दावी थियो । युक्रेनको सेनाले भने यो तथ्यांक पुष्टी गरेको छैन । रुस र युक्रेन युद्धका क्रममा हालसम्म ३ हजार ६ सय सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

रूस तर्फ ९ हजार ३ सय ११ सैनिकको मृत्यु भएको मस्कोले दावी गरेको छ ।