मंसिर १७, २०७९ शनिबार

काठमाडाैँ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी बाट ब्राजिल समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेता बनेको हो ।

 

लुसेल रंगशालामा शुक्रबार ब्राजिलले क्यामरुनलाई दबाबमा राखेपनि गोल गर्न सकेन । इन्ज्युरी समयको दोस्रो मिनेटमा क्यामरुनले अग्रता लियो । यस हारका बाबजुद ब्राजिल समूह विजेता बनेको छ ।

ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो । समान अंक भएपनि गोल अन्तरमा स्विस टोली (+१) भन्दा ब्राजिल (+२) एक गोलले अघि रहयो । क्यामरुनले ४ अंक जोड्दै तेस्रो हुँदा १ अंक जोडेको सर्बिया पुछारमा रहयो ।