मंसिर १७, २०७९ शनिबार

काठमाडाैँ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को उपविजेता बन्दै स्विटजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ । समूह अन्तर्गत स्वीजरल्याण्डले सर्बियाविरुद्ध ३-२ को जित निकाल्दै विश्वकपको राउण्ड १६ मा स्थान बनाएको हाे ।

 

समूह जी बाट ब्राजिल ३ खेलमा ६ अंकसहित पहिलो हुँदै राउण्ड १६ मा पुगेको छ भने स्वीजरल्याण्ड को पनि ३ खेलमा ६ अंकसहित समूह उपविजेता हुँदै राउण्ड १६ मा पुगेको छ ।

अब राउण्ड १६ मा ब्राजिलले दक्षिण कोरियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले पोर्चुगलको सामना गर्ने छ ।