मंसिर १७, २०७९ शनिबार

काठमाडौँ । उरुग्वे विश्वकपबाट एक गोलले गर्दा बाहिरिएपछि स्टार खेलाडी लुइस स्वरेजलाई भावुक देखिएको छ ।

दक्षिण कोरियाले खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा गोल गर्दै २-१ ले पराजित गरेपछि उरुग्वेले घानालाई २-० गोलले पराजित गर्दा पनि विश्वकपको यात्रालाई निरन्तरता दिन असफल भएको थियो । थप एक गोल गरेको भए दक्षिण कोरियाको सट्टा उरुग्वे राउण्ड १६ मा पुग्ने थियो ।

उरुग्वे विश्वकपबाट बाहिरिएपछि सब्सटिच्यूट भएर बेन्चमा रहेका स्वरेजका आँखामा आँसु प्रष्ट देखिन्थ्यो । उरुग्वेका दुवै गोलमा स्वरेजको योगदान थियो । बेल्जियम र जर्मनीपछि हाइ प्रोफाइल टिम उरुग्वे विश्वकपबाट बाहिरिँदै गर्दा स्वरेजको आँखा देखिएको आँसुले सबैलाई भावुक बनाएको थियो ।

उरुग्वेका लागि १३७ खेलमा ६८ गोल गरेका ३५ वर्षीय स्वरेज सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलेका छन् ।