मंसिर १८, २०७९ आइतबार

काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।


नामिबियाविरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो ।

स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई पराजित गरेको थियो । नेपाल स्कटल्याण्डको त्यो लयलाई रोक्न चाहन्छ ।