मंसिर १९, २०७९ सोमबार

काठमाडौँ । विश्वकप फुटबलमा राउण्ड १६ का खेलहरू जारी रहेका बेला गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी फ्रान्सका किलियन एम्बाप्पे पुगेका छन् । एम्बाप्पेले राउण्ड १६ को खेलमा पोल्याण्डविरुद्ध २ गोल गरेर यस विश्वकपमा कुल ५ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी पुगेका हुन् ।


एम्बाप्पेले २०१८ को विश्वकपमा कुल ४ गोल गरेका थिए भने यस विश्वकपका ४ खेलमा ५ गोल गरिसकेका छन् । अब फ्रान्स क्वाटरफाइनलमा पुगिसकेकाले यस विश्वकपको गोल्डेन बुटको दाबेदारमा एम्बापेलाई नै हेरिएको छ ।