कतारमा भइरहेको फूटबल विश्वकपमा सोमवार राउन्ड अफ १६ मा ब्राजिल र दक्षिण कोरिया भिड्दैछन् । उक्त खेलमा ब्राजिलका सुपरस्टार नेयमार चोटबाट फर्किने प्रबल सम्भावना रहेको बताइएको छ । सर्बियाविरुद्धको खेलमा नेयमारको गोलीगाँठोमा चोट लागेको थियो र उनले बाँकी दुईवटा खेल गुमाएका थिए ।
ब्राजिलका प्रशिक्षक टिटेले जापानविरुद्धको खेलमा नेयमारले शुरूबाटै खेल्ने सम्भावना रहेको बताए । गेब्रिएल जेसुस पनि चोटका कारण विश्वकपबाट बाहिरिएपछि ब्राजिललाई नेयमारको सख्त आवश्यकता परेको छ ।
दक्षिण कोरिया सन् २००२ मा आफ्नो भूमिमा भएको विश्वकपको सेमीफाइनलमा पुगेको थियो । तर सन् २०१० पछि पछि अहिले मात्र उनीहरू नकआउट चरणमा पुगेका हुन् ।