मंसिर २०, २०७९ मंगलबार

सन् २०२२ को कतार विश्वकपका लागि बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला प्रतियोगितापछि रहनेछैन । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको हो । 


ठ्याक्कै ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको सो स्टेडियम विश्वकपकै इतिहासमा निर्माण भएको पहिलो अस्थायी रंगशाला हो । त्यस्तै कतारको अन्तर्राष्ट्रिय डाइलिङ कोड पनि ९७४ रहेको कारण यस रंगशालाको नाम  ‘स्टेडियम ९७४’ राखिएको बताइएको छ । 


दोहामा बनाइएको यस रंगशालाको क्षमता ४० हजार बढी मानिस अटाउने रहेको थियो । यसमा एयर कन्डिसनिङ नभएका कारण सबै खेलहरू साँझ मात्र खेलाइएको थियो । धेरैले यस रंगशालाको डिजाइनको प्रशंसा  गरेका छन् ।