मंसिर २५, २०७९ आइतबार

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका विकेटकिपर ईशान किशन सबैभन्दा कम बलमा दोहोरो सतक बनाउने ब्याटर बनेका छन् ।


बंगलादेशविरुद्ध भएको तेस्रो तथा अन्तिम खेलमा शनिबार किशन एक्लैले २ सय १० रन बनाए। उनले एक सय २६ बलमा दोहोरो सतक पुरा गरेका थिए। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि न्युजिल्यान्डकी आमेलिया करले एक सय ३४ बलमा दोहोरो सतक पुरा गरेकी थिइन्।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको पुरुतर्फ क्रिस गेलको नाममा एक सय ३८ बलको विश्व कीर्तिमान थियो। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको पुरुषतर्फ नवौँपटक ब्याटरले दोहोरो सतक बनाएका हुन्। पहिलो दोहोरो सतक सचिन तेन्दुलकरले बनाएका थिए।