मंसिर २५, २०७९ आइतबार

काठमाडौँ: एसिया रग्बी यु-१८ सेभेन्सअन्तर्गत नेपाली पुरुष टोलीले दोस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपालले बंगलादेशलाई ७१-० ले हराएको हो। यसअघि नेपालले भारतलाई १२-१० अन्तरले हराएको थियो।