काठमाडौं । नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस भान गालले राजीनामा दिएका छन् ।
कतारमा जारी विश्वकपको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । ७१ वर्षीय प्रशिक्षक भान गाल २०२१ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।