मंसिर २७, २०७९ मंगलबार

काठमाडौं । नेपालका थप दुई क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग९पिएसएल०को ड्राफ्टमा परेका छन् । नेपालका ओपनर कुशल भुर्तेल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पिएसएल ड्राफ्टको विदेशी खेलाडीको गोल्डेन क्याटगोरीमा पर्नुभएको हो ।

यसअघि विदेशी खेलाडीको सिल्भर क्याटगोरीमा नेपालका पाँच खेलाडी पर्नुभएको थियो । विकेटकिपर तथा ओपनरद्वय अर्जुन साउद र सुवास खकुरेल, फास्ट बलर सोमपाल कामी, अफस्पिन अलराउण्डर पवन सर्राफ र फास्ट बलिङ अलराउण्डर आदिल अन्सारी ड्राफ्टमा पर्नुभएको थियो ।

नयाँ ड्राफ्ट सूचीसहित नेपालका सात खेलाडीले पिएसएलको ड्राफ्टमा स्थान बनाएका छन् । पिएसएलको ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । आगामी वर्षको फेब्रुअरी ९ बाट प्रतियोगिता सुरु हुनेछ ।