मंसिर २९, २०७९ बिहिबार

न्युजिल्याण्ड क्रिकेट टिमका दिग्गज ब्याट्सम्यान केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाड्ने निर्णय गरेका छन् ।

केनको स्थानमा न्युजिल्याण्डको टेस्ट टिमको कमाण्ड अब बलर टिम साउथीलाई सुम्पिएको छ । यद्यपि केन एकदिवसीय र टी–२० फर्मेटमा न्युजिल्याण्डको कप्तान रहनेछन् ।

न्युजिल्यान्ड टेस्ट टिमको कप्तानी छोड्ने बारे केन विलियम्सनले भने, ‘टेष्टको कप्तानी छोड्ने निर्णय गर्ने यो सही समय हो । टेस्ट टिमको कप्तानी गर्नु मेरो लागि सौभाग्यको कुरा हो । टेस्ट क्रिकेट मेरो लागि सबै भन्दा माथि हो र मैले यसको कप्तानको रूपमा ल्याएको चुनौतीहरूको आनन्द उठाएको छु ।’

‘कप्तानको रुपमा तपाईंको काम थप बढ्ने गर्छ । करियरको यो मोडमा आएर मलाई लाग्यो कि टेस्ट कप्तानी छोड्ने यही सही समय हो ।’