एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अग्रता दोब्बर बनाएको छ।
खेलको ३६ औँ मिनेटमा एञ्जल डिमारियाको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेका हुन्। यसअघि खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । एलेक्सिस म्याक एलिस्टरले दिएको पासमा डि मारिया चुकेनन् ।
अर्जेन्टिनाले यस खेल जितेको अवस्थामा तेस्रो पटक फिफा विश्वकप उपाधि जित्नेछ । फ्रान्सले भने उपाधि रक्षा गर्न दोस्रो हाफमा कम्तीमा दुई गोल फर्काउनु पर्नेछ । अर्जेन्टिनाले जितेमा यसको नायक मेसी सावित हुनेछन् । उनी पेले वा म्यारोडोनाको तहमा गनिन पुग्ने कतिपय विश्लेकषहरुको तर्क छ ।