काठमाडौं – बंगलादेशमा जारी बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।
नेपाल र आयोजक बंगलादेशबीचको खेल अपराह्न ४ बजे सुरु हुने छ । प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको टोलीको कप्तानी ओपन स्पाइकर धिरोजकुमार बस्नेतले गर्नेछन् ।
नेपाल भलिबल संघ ९एनभिए० ले गत आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाइ गरेको थियो । यस अघि संघले खुला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो ।
बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान रहेका छन् ।
नेपाली टोली :
धिरोज कुमार बस्नेत (कप्तान)–ओपन स्पाइकर
रवि केसी– ओपन स्पाइकर
सन्तोष खत्री– ओपन स्पाइकर
अर्जुन नेपाली– क्विक स्पाइकर
रुपबहादुर गुराउ –अलराउन्डर
बिष्णु बस्नेत– ओपन स्पाइकर
सफल बिक– क्विक स्पाइकर
सन्तोष महत्ता– क्विक स्पाइकर
हेमन्त मल्ल– अलराउन्डर
वेद प्रकाश जोशी– सेटर
सम्राट भण्डारी– सेटर
गौरब पाण्डे–लिबेरो
भिमराज गुरुङ– लिबेरो