पुस ९, २०७९ शनिबार

काठमाण्डौ – २३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनशिपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

बङ्गलादेशको ढाकामा आज शुक्रवार भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भयो । यस्तै हिजो बिहीवार भएको खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

नेपालले लिग चरणको अन्तिम खेलमा भोलि शनिवार किर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । सेमिफाइनलका खेल पुस १० गते तथा फाइनल खेल ११ गते हुनेछ ।