काठमाडौं: नेपाल टी– २० लिगमा आज पनि दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्स भिड्दै छन्। यो खेल बिहान ९ बजेपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
राउन्ड रोविन लिग चरणको पहिलो भेटमा विराटनगरले पोखरालाई ६ विकेटले हराएको थियो। यस्तै दिउँसो त्रिवि मैदानमै जनकपुर रोयल्स र फार वेष्ट युनाइटेड आमने सामने हुनेछन्।
जनकपुरले यसअघि २ खेलमा जित र एक खेलमा पराजय ब्यहोरेको छ। यता फार वेष्ट अहिलेसम्म ३ खेल खेल्दा एकमा मात्रै जितेको छ। यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ। यो लिगको विजेताले ५५ लाख पाउने जनाएको छ। यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ। त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ। प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ। पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ।
लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन्।