पुस १८, २०७९ सोमबार

काठमाडौं । ब्याटर सुमित मर्हजनको उत्कृष्ट ब्याटिङमा पोखरा एभेन्जर्सले काठमाडौं किङ्सलाई ५ विकेटले पराजित गरेको छ । त्रिबि क्रिकेट मैदानमा काठमाडौंले दिएको १६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा पूरा गर्यो । 

पोखराका लागि ब्याटर सुतिम महतोले ७६ रनको सानदार पारि खेले । उनले ५२ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ७६ रनमा आउट भए । यस्तै कप्तान उपुल थरंगाले ५८ रनको अर्धशतकीय योगदान गरे । 

यता काठमाडौंका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने अनिल खरेल र अभिनाष बोहोराले समान १ विकेट लिए । 

त्यअघि त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन बनायो ।

काठमाडौंका लागि एलेक्स ब्लेकले आक्रमक पारि खेले । उनले २८ बलको सामना गर्दै ३ चौका र ७ छक्काको सहयोगमा ६४ रनमा आउट भए । यस्तै सुनम गौतम ४५ रनमा आउट हुँदा भिरन्दिप सिंहले ३२ रनको योग्दान दिए । रायन बर्ल १० रनमा अविजित रहे ।

यता पोखराको लागि तुल बहादुर थापाले २ विकटे लिए । यस्तै प्रतिस जिसी र कुशल मल्लने समान १ विकेट लिए ।

यही संस्करणको पहिलो भेटमा काठमाडौंले पोखरालाई २६ रनले हराएको थियो । आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ ।