काठमाण्डौ: प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ विजयी भएको छ ।
इटहरीमा भएको खेलमा प्रदेश-१ ले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । कर्णालीको यो लगातार तेस्रो हार हो । मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश–१ लाई ४० रनको लक्ष्य दिएको थियो । प्रदेश–१ ले ४ ओभर ५ बलमा विनाविकेट लक्ष्य भेट्टायो ।
प्रतियोगितामा आजै सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्ने छन् । यो खेल दिउँसो १ बजे हुनेछ ।