माघ १२, २०७९ बिहिबार

लमजुङ – लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रिको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।

क्व्होलासोंथार गाउँपालिका ४ मा पर्ने भुजुङमा लालीगुराँस कपको १५औं संस्करण गर्ने निर्णय गरिएको आयोजक लालीगुराँस युवा क्लवका अध्यक्ष नौराज गुरुङले जानकारी दिएका छन् ।

फुटबल प्रतियोगितामा विदेशी खेलाडी भने ल्याउन पाइने छैन। प्रतियोगिताका विजयी टिमलाई १ लाख ५० हजार रुपैयाँ, मेडल र ट्रफी दिइनेछ। दोस्रो हुनेलाई ८० हजार रुपैयाँ, मेडल र ट्रफी राखिएको छ।

सेमिफाइनलमा पराजित २ टिमलाई नगद १०र१० हजार रुपैयाँ दिइने भएको छ। उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ट्रफी प्रदान गरिने भएको छ।