माघ १६, २०७९ सोमबार

१६ माघ, काठमाडौँ। आज बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नेपालले प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ ग्रहण गरेका प्रदेश, प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अन्य मन्त्रीहरू उपस्थित थिए । मुख्यमन्त्री जम्मकट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।