माघ १६, २०७९ सोमबार

१६ माघ, काठमाडौँ। आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले भाटभटेनीका सञ्चालकसँग बयान लिएको हो ।

मृतक आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएको हो ।

आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमा भाटभटेनीका सञ्चालकको नाम समेत लेखेका थिए ।