फागुन १०, २०७९ बुधबार

 राष्ट्रपति विद्यादेवी भण्डारी आज बागलुङ र पर्वतको भ्रमणमा जाँदैछिन्।  

राष्ट्रपति भण्डारीले आज गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्ने तय भएको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। बागलुङ नगरपालिका–२ मा अवस्थित मन्दिर दर्शनका लागि राष्ट्रपति भण्डारी बिहान साढे १० बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यलयले जनाएको छ।

बागलुङपछि राष्ट्रपति भण्डारी पर्वत जानेछिन्। राष्ट्रपति भण्डारीले जलजला गाउँपालिका २ मा रहेको कुल मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए।