फागुन १०, २०७९ बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत जेठ १६ गतेको निर्णय र अनुरोध अनुसार आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएका संघ संस्था र व्यवसायीलाई यो कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । 

आज एक सूचना जारी गर्दै महानगरले आफ्नो आग्रहलाई स्वीकार गरेकोमा धन्यवाद दिँदै यस कार्यलाई निरन्तरता दिन चाहने संघ संस्थाले महानगरमा सम्पर्क गर्न पनि अनुरोध गरेको हो । 

गत जेठमा महानगरले निजी शौचालयलाई सार्वजनिक गर्न आग्रह गरेपछि विभिन्न होटेल तथा सङ्घ संस्थाले महानगरको यो अभियानलाई साथ दिएका थिए ।