फागुन १२, २०७७ बुधबार


काठमाण्डौ
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ा आज छापावाल सुन प्रति तोला ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रति तोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार यो सुन प्रति तोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । मंगलवार यो सुन प्रति तोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्यमा १५ रुपैयाँको गिरावट आएको छ । यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।