काठमाडौं : प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद (सिटिइभिटी) र लहान प्राविधिक शिक्षालयको सहकार्यमा लहानमा निशुल्क तालिम सन्चालन हुने भएको छ । १६ वर्ष उमेर पुगेकाहरुले तालिमका लागि फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । अहिले ८० जनालाई सिपमुलक निशुल्क आवासीय तालिम गराइनेछ ।
सिटिइभिटी अन्तर्गत युरोपेली युनियनको सक्षमता परियोजना र शिक्षालयबिच भएको सहमति अनुसार तीन सय ९० घण्टाको सक्षमता परियोजना सन्चालन हुन लागेको हो । तालिममा विपन्न,महिला तथा दलितलाई विशेष प्राथमिकता दिइने परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत विजेश बस्नेतले जानकारी दिएका छन् । निशुल्क सिप तालिम युरोपेली युनियनको सक्षमता परियोजनाको आर्थीक सहयोगमा सन्चालन हुन लागेको हो ।
