चैत ४, २०७९ शनिबार

काठमाडौँ – गायिका समीक्षा अधिकारी र गायक झलक पुनको ‘डाँडै पिपल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोकशैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ । जसमा सुधीर र आरुषी गज्जबसँग खुलेका छन् ।

म्याग्दीको बरंजामा जन्मेहुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको सिलसिलामा काठमाडौँ आएका झलक हाल अस्ट्रेलियामा छन् ।

उनले मगरको छोरो सालैजो भाका र पप गीत झरी परेको त्यो दिनलगायतका अन्य गीतका भिडियोहरु बजारमा ल्याइसकेका छन् ।

हेर्नुस् भिडियो