चैत ४, २०७९ शनिबार

काठमाडौँ: रक ब्याण्ड १९७४ एडीले आज काठमाडौँको टुँडिखेलमा साङ्गीतिक प्रस्तुती दिने भएको छ ।

अटिजमबारे जनचेतना बढाउने उद्देश्यले १९७४ एडीले कन्सर्ट गर्न लागेको हो ।

अष्ट्रेलियन दूतावासको सहयोग एवम् काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र १९७४ एडीको सहकार्यमा कन्सर्टको आयोजना गरिएको हो ।

कन्सर्टमा सहभागि हुन कुनै शुल्क नलाग्ने अष्ट्रेलियत दूतावासले जानकारी दिएको छ ।