चैत ४, २०७९ शनिबार

काठमाडौँ: अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । द्रिप चाम्लिङको शब्द सृजना रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ ।

रचनाकार चाम्लिङले नेपाली परिवेश र भूगोलको भावलाई उतारेको गीतमा सन्तोषको सङ्गीत र अस्मिताको स्वरले प्राण भएको छ।

भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन् । दर्जनौँ सुपर हिट गीत निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन् । मिरुना मगर र कुन्साङ बोमजन गीतको भिडियोमा फिचर रहेका छन् ।

भिडियोमा कुन्साङको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ । भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।