आज शुक्रबार सुनको भाउ घटेको छ । विहिबार तोलाको ९्३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सयले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ४ सयले नै घटेर ९२ हजार ८ सय प्रतितोला रहेको छ ।
आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ९ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।