चैत २०, २०७९ सोमबार

काठमाडौँ, २० चैत: ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोडको क्षति भएको छ । 

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र तीन मोटरसाइकल जलेर नष्ट भएका छन् । परिसरका प्रवक्ता भुवनेश्वर शाहले दिएको जानकारीअनुसार बिहान ४ः४७ मा लागेको आगो ५ः१७ बजे नै नियन्त्रणमा लिइएको भए पनि गाडी नष्ट भएका हुन् । 

    आगलागीका कारण नखुलेको तर प्रारम्भिक अनुसन्धानमा ब्याट्री चार्जमा राखिएको देखिएकाले त्यसैबाट आगलागी भएको अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँले घटनाको अनुसन्धान जारी रहेको र क्षतिको यकीन विवरण पनि आउन बाँकी रहेको राससलाई जानकारी दिनुभयो ।